एनपीएलमा कर्णालीमाथि काठमाडौंको सानदार जीत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०८२, आईतवार
2 Min Read
Aa

काठमाडौं  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन२ मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्समाथि ५ विकेटको जित निकाल्दै काठमाडौं चौथो खेलमा विजयी भएको हो।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। योसँगै एनपीएलमा काठमाडौंले ६ खेलमा चौथो जित दर्ता गरेको छ। कर्णालीले भने चौथो हार बेहोरेको छ। ५ खेलमा कर्णालीले एकमात्र जित निकालेको छ।

- Advertisement -
Ad imageAd image

काठमाडौंको जितमा जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाडौंलाई जितको बाटो देखाए।

जोन ४१ रनमा आउट हुँदा जेरार्ड ४३ रनमा अविजित रहे। वेन चाल्र्सवर्थ ३४, मिलिन्द कुमार १५, आकाश त्रिपाठी ८ र रसिद खान ० रनमा आउट भए। बलिङमा कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट लिए।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर १४९ रन बनाएको थियो।

कर्णालीका लागि गुल्सन झाले आक्रामक ब्याटिङ गरे। उनले २२ बलमा अविजित ४९ रन बनाए। मार्क वाट ३०, पवन सर्राफ ३५, नाजिबुल्लह जाद्रान १२, प्रियान्क पञ्चाल ०, विलियम बोसिष्टो १, कप्तान सोमपाल कामी ६, दीपक डुम्रे १० रनमा आउट भए। बलिङमा काठमाडौंका रशिद खानले २, कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक/एक विकेट लिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्