एनपीएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आईतबार) कर्णाली याक्स र काठमाडौं गोर्खाज आमने-सामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे खेल सुरु हुनेछ ।

सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा मात्र जित निकालेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।

- Advertisement -
Ad image

करण केसीको नेतृत्वमा रहेको काठमाडौं पाँच खेलमा तीन खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि पनि आजको खेल महत्त्वपूर्ण छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्