जनकपुरलाई हराउँदै सुदूरपश्चिम विजयी, पाँचौं खेलसम्म निरन्तर जीत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स विजयी भएको छ ।

जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले ४ विकेटको क्षतिमा पूरा गर्‍यो । १७.४ ओभरमा सुदूरपश्चिमले १४८ रन बनायो ।

- Advertisement -
Ad imageAd image

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४६ रनको लक्ष्य दिएको थियो । जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएको थियो ।

सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ । सुदूरपश्चिम हालसम्म ५ खेलमा ५ जीतसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई २९ रनले हराएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध ४५ रन र चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको थियो ।

जनकपुर बोल्ट्स यो चौथो खेलमा पनि पराजित हुनुपरेको छ । जनकपुरले यसअघि पनि कुनै खेल जितेको थिएन । पहिलो खेलमा काठमाडौँ गोर्खाजसँग ५ विकेटले हारेको जनकपुरले दोस्रो खेलमा विराटनगरसँग ९ र तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले हार व्यहोरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्