एनपीएलमा आज चितवन र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपराह्न ४:०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।

- Advertisement -
Ad image

चितवन चार अंकका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले खेलमा दुई अंक मात्र बटुलेको छ। तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्