प्रधानमन्त्रीको निवास घेर्न गएको मिराज ढुंगानाको टोली आज पनि लखेटिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ मंसिर २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – बालुवाटारस्थित प्रधानमन्त्रीको निवास घेराउ गर्न पुगेको गरिखान देऊका संयोजक मिराज ढुंगाना सहितको टोलीलाई प्रहरीले आज पनि पन्छाएको छ ।

बुधबार अपराह्न प्रधानमन्त्री निवास पुगेका उनलाई प्रहरीले निषेधित क्षेत्रबाट पन्छाएको हो। प्रहरीले उनीहरूलाई धकेलेर अन्यत्र राखेको हो।

- Advertisement -
Ad imageAd image

मंगलबार पनि सिंहदरबार पुगेको उनको समूहलाई प्रहरीले अनामनगरको धोबीखोला पुल कटाएको थियो। सोमबार पनि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने भनेर उनीहरू सिंहदरबार प्रवेश गर्न खोजेका थिए । तर प्रवेश नदिएपछि मागपत्र बाहिरै टाँसेर निस्केका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्