५ अंकले बढ्यो नेप्से: कारोबार रकममा गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ । आज ५ अर्ब ८३ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६५५.९९ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्से बढ्दा १२२ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने १२५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आजको कारोबारमा १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

- Advertisement -
Ad imageAd image

आज भएको सेयर कारोबारमा झापा इनर्जीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने जोशी हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्से झिनो अंकले वृद्धि हुँदा विकास बैंक, जीवन बिमा, म्युचुअल फन्ड र व्यापार समूह बाहेक सबै समूहको उपसूचक हरियाली रह्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्