नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो: छ अर्ब बढीको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसूचक (नेप्से) ३९.९२ अंकले बढ्यो । आज नेप्सेमा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६००.२२ बिन्दुमा पुगेको हो ।

आज नेप्से बढेसँगै २३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८ वटा कम्पनीको घटेको छ । तर, आज २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

- Advertisement -
Ad image

आज नेप्सेमा भएको सेयर कारोबारमा सागर डिस्ट्रिलरीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने पिपुल्स हाइड्रोपावरको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से बढेसँगै म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक हरियाली बनेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्