बाबुराम, जनार्दन र सन्तोषले आज प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ –  बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् ।

आईतबार काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणासभाको आयोजना गरिएको छ । कार्यक्रममा अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ ।

- Advertisement -
Ad image

कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो । एकतापछि पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी राखिने छ। चुनावका लागि यही नाम निर्वाचन आयोगमा दर्ता भइसकेको समेत नेताहरूले बताएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्