ओमप्रकाशविरुद्ध खनिए सुदन: गृहमन्त्रीको कारण सिमरा घटना भएको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – हामी नेपालका संस्थापक एवं जेन–जी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको लाचारीपनको कारण बाराको सिमरामा घटना घटेको बताएका छन् । जिल्ला सुरक्षा समिति बारा र जेन–जी समूहबीच भएको वार्तामा सहभागी गुरुङले गृहमन्त्री अर्यालविरुद्ध असन्तुष्टि व्यक्त गर्दै यस्तो प्रतिक्रिया जनाएका हुन् ।

सरकार जेन–जीहरुको भए पनि गृह मन्त्रालय भने आफूहरुको नरहेको उनको टिप्पणी थियो । गृहले राम्रो काम नगरेकै कारण बाराको सिमरामा आजको दिन आएको उनले बताए ।

- Advertisement -
Ad imageAd image

जेन–जीहरुको सरकार रहेकै बेला गृहको अकर्मण्यताले देशका लागि लडेका जेन–जीहरुले नै अन्याय सहनुपरेको उनले बताए । गत बुधबार सिमरामा जेन–जी समूह र एमालेका नेता तथा कार्यकर्ताबीच झडप भएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्