एनपीएलमा आज लुम्बिनी र चितवन भिड्दै: कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – गत सिजन पुछारमा रहँदै नेपाल प्रिमियर लिग (एनपीएल) अन्त्य गरेको लुम्बिनी लायन्सले दोस्रो संस्करणको पहिलो खेलमा आज चितवन राइनोजविरुद्ध चुनौती प्रस्तुत गर्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । गएको सोमबारदेखि सुरु भएको प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो ।

- Advertisement -
Ad image

चितवन भने आज लुम्बिनीविरुद्ध मैदान उत्रिँदा लगातार दोस्रो जितको खोजीमा हुनेछ । चितवनले यसअघि पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

एनपीएलको इतिहासमा यी दुई टिमबीच यसअघि पहिलो संस्करणमा एकपटक प्रतिस्पर्धा भएको थियो । पहिलो संस्करणको लिग चरणमा भेट हुँदा लुम्बिनीले ३३ रनको जित निकालेको थियो ।

एनपीएलमा हालसम्म लुम्बिनीले निकालेको यो नै एकमात्र जितसमेत हो ।

प्रतियोगिताको दोस्रो संस्करणमा पनि पहिलो संस्करणकै आठ टिमले प्रतिस्पर्धा गरिरको छन् । मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल २७ गते हुने तालिका छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्