१५ अंकले बढ्यो नेप्से: सबै समूहका सूचक सकारात्मक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७० अंकले बढेको छ । ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २५६६.०७ अंकमा पुगेको हो ।

आज नेप्से बढ्दा २०७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

- Advertisement -
Ad imageAd image

मंगलबार सागर डिस्टिलरीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०९१ को बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा सबै समूहको सूचक हरियाली भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्