एनपीएलको उद्घाटन खेलमा काठमाडौँको सहज जित: साविक विजेता जनकपुर ५ विकेटले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको हो । जनकपुरले दिएको १३१ रनको लक्ष्य पछाएको काठमाडौँले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

काठमाडौँको जितमा बेन चार्लेजवर्थले सर्बाधिक ४६ रन बनाए भने आकाश त्रिपाठीले ३९ रन बनाएका थिए । त्यस्तै मिलिन्द कुमारले १९ र जोन सिम्पसनले १३ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर किशोर महतो, अनिल शाह, ललित राजबंशी र जान निकोल लोफ्टीले एक एक विकेट लिएका थिए ।

- Advertisement -
Ad imageAd image

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउदै १३० रन बनाएको थियो । त्यस्तै जनकपुरका लागि आसिफ शेखले सर्बाधिक ५४ रन बनाए भने मयन यादवले अविजित ३४ रन बनाएका थिए । बलिङ्गतर्फ काठमाडौँ गोर्खाजका बलर मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादवले एक विकेट लिएका थिए ।

अब एनपीएलको दोस्रो दिन दुई खेल हुने छन् । मंगलबार पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स र दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्