एनपीएलको संस्करण आजदेखि: उद्घाटन खेलमा साविक विजेता जनकपुरलाई काठमाडौंको चुनौती, कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाली क्रिकेटको महाकुम्भ बनेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आज (मंसिर १) देखि सुरु हुँदै छ ।

प्रतियोगिताको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमाडौं गोर्खाजले चुनौती प्रस्तुत गर्दै छ । एनपीएलमा यी दुई टिमबीचको यो दोस्रो भेट हो । यसअघि जनकपुरले पहिलो संस्करणको लिग चरणको खेलमा काठमाडौंविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

- Advertisement -
Ad imageAd image

पहिलो संस्करणको च्याम्पियन बन्दा जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएको थियो । यता, काठमाडौंले पहिलो संस्करण पाँचौँ स्थानमा रहँदै टुंग्याएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने यो खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ । यो नेपाली क्रिकेट इतिहासमै फ्लडलाइटमा हुन लागेको पहिलो खेलसमेत हो ।

एनपीएल दोस्रो संस्करणका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । लिगका नौ खेल दिउँसो र २३ खेल डे–नाइट अर्थात फ्लडलाइटमा हुने क्यानले जनाएको छ । मंसिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, प्लेअफ र फाइनलसहित कुल ३२ खेल हुनेछन् ।

प्रतियोगिताको दोस्रो संस्करणमा पनि पहिलो संस्करणकै आठ टिम प्रतिस्पर्धामा छन् । जसमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्