एनपिएलमा कुनै सुरक्षा चिन्ता नहुने गृहमन्त्री अर्यालको आश्वासन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले भोलिबाट सुरू हुन गइरहेको दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर क्रिकेट लिगको (एनपिएल)को सुरक्षा प्रबन्ध दुरूस्त राख्न निर्देशन दिएका छन्।

गृहमन्त्रीको सचिवालयको अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था दुरूस्त राख्न र कुनै पनि अवान्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए।

- Advertisement -
Ad image

‘पहिलो पटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरूस्त हुन जरूरी भएकोले सोहि अनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु,’ उनले भने।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग एनपिएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन्। यसअघि पनि, एनपिएलको उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरिसकेको छ।

क्यानका सचिव पारश खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका थिए।

‘सबै टिकट बिक्री भइसकेको तथा पहिलो दिन सँधै चाप बढी हुने भएकाले टिकट नपाउनुभएका सबैले घरमै बसेर खेल हेरी सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं,’ उनले भनेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्