जेनजी आन्दोलनमा भएको क्षतिको विवरण पठाउन सबै स्थानीय तहलाई सरकारको पत्राचार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही कात्तिक २७ गते देशभरका सात सय ५३ वटै गाउँपालिका र नगरपालिकालाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन भनेको हो ।

- Advertisement -
Ad imageAd image

मन्त्रालयले क्षतिको विवरण अनलाइन पोर्टलमा प्रविष्ट गर्ने सम्बन्धी आवश्यक जानकारी गराउन भनिएको छ । त्यस्तै पुनर्निर्माण लगायतका कामका लागि विवरण उपलब्ध गराउन भनिएको मन्त्रालयले जनाएको छ ।

सरकारले आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन तथा पुनर्निर्माण योजना तयारीका लागि गत असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले पाँच सदस्यीय समिति गठन गरेको थियो ।

तथ्याङ्क सङ्कलनमा एकरुपता र सहजताका लागि समितिले अनलाइन पोर्टल तयार गरी सम्बन्धित स्थानीय तहले स्थानीय तह अन्तर्गतका कार्यालय, स्थानीय तह भित्रका विवरण गर्न भनिएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्