२० अंकले घट्यो नेप्से घट्दा कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – साताको चौथो कारोबार दिन बुधबार आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.५६ अंकले घटेको छ । ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५४४.५९ बिन्दुमा पुगेको हो ।

आज भएको सेयर कारोबारमा १९८ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ४९ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आज ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

- Advertisement -
Ad imageAd image

आज भूगोल इनर्जी डेभलपमेन्टको सेयर बिक्री गर्नेले सबैभन्दा नाफा कमाए भने दरमखोला इनर्जीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । नेप्से घट्दा उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्