नेप्से परिसूचकमा आठ अंकको गिरावट: कारोबार रकम घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव २४ अंकले घटेर दुई हजार ६२२ दशमलव ८९ को विन्दुमा कायम भएको हो ।

यसदिन कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब २० करोडको कारोबार भएको बजारमा आज ६ अर्बमा सिमित भएको छ । आज कारोबारमा आएका ७२ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ ।

- Advertisement -
Ad image

कारोबार रकमका आधारमा यसदिन शिभम् सिमेन्ट, एनआरएन इन्फ्राइन्सटक्चर अगाडि रहे । आज मुक्तिनाथ कृषि र एक्सेल डेव्लपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढ्यो भने इस्टन हाइड्रोपावर १० प्रतिशतले घट्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्