माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । बुधवार सुरु भएर शुक्रवार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरसँगै बैठक सकिएको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गरेको निर्णय सुनाएका हुन् । उनको प्रस्तावलाई हलले ताली बजाएर अनुमोदन गरेको छ । बैठकमा अध्यक्ष नेपालले थप गृहकार्य सचिवालय बैठकले गर्ने जानकारी गराएका थिए ।

- Advertisement -
Ad imageAd image

सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेताहरू विजय पौडेल,रामकुमारी झाँक्रीसहितका केही नेताहरू भने एकताको विपक्षमा रहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्