प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्विकार: प्रधानमन्त्री कार्कीलाई राहत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०८२, बुधबार
1 Min Read
Aa
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं – प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सर्वोच्चमा १६ वटा रिट परेको थियो । ती सबै रिटहरुमा आज संवैधानिक इजलासमा सुनुवाइ भएको थियो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा भएको संवैधानिक इजलासमा ती रिटहरुमाथि सुनुवाइ भएको थियो । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आरण देखाउ आदेश भने जारी गरेको छ । सर्वोच्चले अन्तरिम आदेश भने जारी नहुने फैसला गरेको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्