प्रधानमन्त्री सुशीला कार्कीद्वारा गृहमन्त्रीसहित गृहसचिव र चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ कार्तिक २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन् । उनले शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन् ।

वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

- Advertisement -
Ad image

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै दुई घण्टासम्म चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । बैठकमा सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्