भ्रष्टाचारको समूल नाश बिना देश बन्न सक्दैन: अध्यक्ष विनय यादव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०८२, शनिबार
1 Min Read
Aa

महोत्तरी, पिपरा – राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले देशको विकास सरकार परिवर्तनबाट होइन, भ्रष्टाचारको समूल नाशबाट मात्र सम्भव हुने बताएका छन्।

शनिवार महोत्तरीको पिपरा गाउँपालिकामा राष्ट्रिय एकता अभियान महोत्तरीद्वारा आयोजित जनजागरण कार्यक्रमलाई सम्बोधन गर्दै “देश आज विषम परिस्थितिबाट गुज्रिरहेको छ। प्रगति नहुनुको मूल कारण भ्रष्टाचार हो, जुन देशका हरेक तह र अंगमा व्याप्त छ। सरकार फेरेर मात्र समस्या समाधान हुँदैन, यसको लागि उच्चस्तरीय आयोग गठन गरी छानबिन गर्न आवश्यक छ।” उनले भने ।

- Advertisement -
Ad imageAd image

अध्यक्ष यादवले लामो समयदेखि राष्ट्रिय एकता अभियानले भ्रष्टाचारविरुद्ध जनजागरण चलाउँदै आएको र अहिले जेनजी पुस्ता जागरूक र सक्रिय भएको देखेर खुशी लागेको बताए। कार्यक्रममा अभियानका नेता मनीष पुर्वे हिन्दू, युवा नेता अमित यादव, सूरज यादव लगायतले मन्तव्य राखेका थिए।

त्यस अवसरमा उपस्थित जनसमुदायको उपस्थितिमा ९ सदस्यीय राष्ट्रिय एकता अभियानको पिपरा गाउँपालिका समिति गठन गरिएको छ।

नवगठित समितिको नेतृत्व राधेश्याम यादवले गरेका छन् भने उपाध्यक्ष रामकुमारी यादव,कोषाध्यक्ष जीवन मण्डल,सचिव गौतम कुमार साह सदस्यहरू संझा पासवान, सत्तो साह, सुनीता पासवान, प्रमिला पासवान, भरत ठाकुर गरेका छन्।

कार्यक्रमले भ्रष्टाचारविरुद्ध राष्ट्रिय एकता अभियानको सन्देशलाई गाउँ–गाउँमा पु-याउने संकल्पसहित समापन भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्