साताको अन्तिम दिन पनि १८ अंकले घट्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । आज नेप्से १८ अंकले घट्दा परिसुचक २४८७ बिन्दुमा झरेको छ । कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब २७ करोडको भयो ।

आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ९ को स्थिर रह्यो । कारोबार रकमका आधारमा यसदिन मुक्तिनाथ विकास बैंक, नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

- Advertisement -
Ad image

हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशत बढ्यो भने समाज लघुवित्तको १० प्रतिशत घट्यो । आज बैंकिङ ०.०२ प्रतिशत बढेको छ भने अरु समूहगत सूचक घटेका छन् ।

विकास बैंक १.१५, फाइनान्स १.२८, हाइड्रोपावर १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.५३, अन्य २.२१ र व्यापार ०.३९ प्रतिशत घटे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्