काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार मङ्गलवार सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार बढेर बन्द भएको नेप्से, आज भने घटेर बन्द भएको हो । आज सेयर कारोबार भएका मध्ये २१४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेसँगै १९.४३ अंकले नेप्से घटेर २५२८.१६ अंकमा पुगेको हो ।
आज नेप्सेमा सोमबारको तुलनामा कारोबार रकम पनि घटेर ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँ बराबरको मात्रै भयो । मंगलबार नेप्से घटेपनि ३३ वटा कम्पनीको भने सेयर मूल्य वृद्धि भएको छ । तर, ५ वटा कम्पनीको सेयर मूल्य भने आज स्थीर रह्यो ।
आज नेप्सेमा कारोबार भएकामध्ये शुभम पावर कम्पनीको सेयर बिक्रेताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने समाज लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा म्युचुअल फन्ड, अन्य र व्यापार समूह बाहेक सबै सूचक नकारात्मक रह्यो ।


प्रतिक्रिया दिनुहोस्