साताको पहिलो कारोबार दिनमै सेयर बजारमा ८० अंकको पहिरो: कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ आश्विन २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो कारोबारको दिन आईतबार सेयर बजारमा भारी गिरावट आएको छ । यसदिन नेप्से ७८.८३ अंक घटेर परिसुचक २५०३ अंकमा झर्‍यो । आज कारोबार रकम भने बढेको छ । बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोडको कारोबार भयो ।

कारोबारमा आएका ९ कम्पनीको मूल्य बढ्यो भने २४२ को घट्यो । कारोबार रकमका आधारमा यसदिन नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स अगाडि रहे ।

- Advertisement -
Ad imageAd image

आज सबैभन्दा धेरै बुटवल पावर ९.२७, नेपाल पुनर्बीमा ९.१५ घट्यो भने नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.०१ प्रतिशत बढ्यो ।

यसदिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.८४ प्रतिशत घट्यो । त्यस्तै अन्य समूह ४.७९ प्रतिशत घट्यो । एस्तै बैंकिङ २.३०, विकास बैंक २.९३, फाइनान्स ३.६७, हाइड्रोपावर ३.७९, लगानी ३.१३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.९४, माइक्रोफाइनान्स २.८८, निर्जीवन बीमा २.३२ र व्यापार २.८५ प्रतिशत घटे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्