काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनको आधारमा रोकिएका सबै अनुसन्धानको कामहरु तत्काल अघि बढ्ने बताएका छन्।
शुक्रबार अपराह्न नक्सालस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले सुशासन प्रवर्द्धनका लागि पहिलो शर्तको रुपमा उक्त कामलाई अघि बढाउने बताए।
मन्त्री अर्यालले विगतमा राजनीतिक कनेक्सनको आधारमा भ्रष्टाचार बढेको उल्लेख गर्दै त्यसलाई तोडेर सरकार अघि बढ्ने पनि बताए। आफूले प्रचलित कानूनबमोजिम कुनै पनि अनुसन्धानको कामलाई अघि बढाउन मातहतका सबै निकायलाई सचेत गराएको पनि बताए।
सरकारले सुशासनलाई कायम गरेर मुलुकमा तोकिएको मितिमा नै निर्वाचन गराउने योजनाका साथ काम गरिरहेको गृहमन्त्री अर्यालको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्