पार्टी अध्यक्षबाट डा. बाबुराम भट्टराईले दिए राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ आश्विन २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं  – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पद त्याग गरेका छन् । बुधबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा उनले पद त्याग गरेका हुन् ।

पार्टी उपाध्यक्ष मानुषीयमी भट्टराईका अनुसार उनले पद त्यागको प्रस्ताव राख्दै विशेष महाधिवेशन फागुनमा गर्ने प्रस्ताव गरेका छन् । ‘उपाध्यक्ष दुर्गा शोवको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव भएको छ,’ उनले भनिन्, ‘यसबारे थप जानकारी भोलि (बिहीबार) पत्रकार सम्मेलन गरेर दिइनेछ ।’

- Advertisement -
Ad imageAd image

महाधिवेशनका लागि आयोजक कमिटी समेत गठन गरिएको छ । आयोजक कमिटीको संयोजकका रूपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्