जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा आज राष्ट्रिय शोक: देशभर सार्वजनिक बिदा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ आश्विन २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा दिएको छ।

उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो।

- Advertisement -
Ad imageAd image

सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ। यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मंगलबार एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार भोलिलाई सार्वजनिक बिदा घोषणा गरिएको जानकारी दिए।

जारी विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्