जेनजी सरकारमा रामेश्वर अर्थ र कुलमान ऊर्जामन्त्री, ओमप्रकाश गृहमन्त्री ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०८२, आईतवार
0 Min Read
Aa

काठमाडौं – जेनजी आन्दोलनपछि नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा अर्थविद् रामेश्वर खनाल अर्थमन्त्री बन्ने भएका छन् ।

स्रोतका अनुसार सुशीलाको सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङलाई ल्याउने तयारी छ । यसैगरी अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाउने पक्कापक्की भएको बताइन्छ ।

- Advertisement -
Ad image

अर्थमन्त्री खनालले यसअघि कांग्रेस सम्मिलित सरकारमा विभिन्न जिम्मेवारी लिएका छन् भने कुलमानलाई माओवादी सरकारले नेपाल विद्युत् प्राधिकरणमा नियुक्त गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्