समूहपिच्छे प्रदर्शन हुन थालेपछि काठमाडौंमा संख्या बढाउँदै सेना: नेताहरू निगरानीमा, तत्काल नँया सरकार गठन हुन कठिन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाली सेनाको सक्रियतापछि जेनजी प्रदर्शन मत्थर भए पनि नयाँ सरकार गठनको विषयमा समूहपिच्छे प्रदर्शन हुन थालेपछि सेना थप सक्रिय भएको छ । सम्भावित जोखिम व्यवस्थापनप्रति सचेत हुँदै सेनाले राजधानी बाहिरका सैनिक फोर्सलाई काठमाडौं झिकाउन थालेको छ ।

काठमाडौंमा पछिल्लो समय अभियन्ता दुर्गा प्रसाई, मेयर हर्क साम्पाङ, विभिन्न राजनीतिक दलका भातृ संगठनले सडकमै उत्रिएर प्रदर्शन थालेका छन् । सेनाले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरे पनि त्यसको अवज्ञा गर्दै सडकमै झैंझगडा गर्न थालेपछि सेनाले काठमाडौंमा फोर्स बढाउन थालेको स्रोतले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

नयाँ सरकार गठन नहुँदै राजनीतिक दलका नेताहरू सामाजिक सञ्जाल र कार्यकर्ताहरू सडक प्रदर्शनमा सक्रिय भएपछि सुरक्षा जोखिम बढ्नसक्ने सैनिक स्रोतको विश्लेषण छ ।

नेपाली कांग्रेस र नेकपा एमाले नेताहरूले सामाजिक सञ्जालमा अभिव्यक्ति दिन थालेपछि कार्यकर्ताहरू समेत सक्रिय भएका छन् । बिहीबार नेताहरूले छुट्टाछुट्टै वक्तव्य जारी गरेका छन् ।

जेनजी पक्षधरको मागअनुसार नयाँ सरकार गठन नहुँदै पुराना दलका नेताहरू सक्रिय भएपछि समस्या हुनसक्ने भएकाले सेनाले वक्तव्यबाजी नगर्न गोप्य रूपमा आग्रह गर्दै निगरानी बढाएको छ । सेनाको सुरक्षा घेरामा रहेका मन्त्रीहरू र नेताहरूको भेटघाटमा पनि कडाइ गर्दै सीमित गरेको बताइएको छ ।

सेनाले शान्तिसुरक्षालाई प्राथमिकता राख्दै रणनीति बनाएको स्रोतले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्