एक साताभित्र फेसबुकलगायत सामाजिक सञ्जाल दर्ता नभए सरकारले बन्द गर्ने !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन समय दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न कडाइ गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जालालाई जवाफदेही बनाउने निर्णय गरेको हो। सरकारले सात दिनको समय दिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई आह्वान गर्ने भएको छ।

- Advertisement -
Ad imageAd image

तोकिएको समयभित्र सूचीकरण नहुने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र नचल्ने गरी निष्क्रिय बनाउने निर्णय सरकारले गरेको छ। सूचनामा उल्लेख भएअनुसार दर्ता हुनेबित्तिकै त्यस्तो प्रतिबन्ध अन्त्य गरिनेछ।

सरकारले यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्