सङ्खुवासभामा भूकम्पको धक्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०८२, शनिबार
0 Min Read
Aa

काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्प राति ११:१५ बजे अनुभव गरिएको हो। परिमाण मध्यम भए पनि स्थानीयस्तरमा हल्का धक्का महसुस भएको बताइएको छ। हालसम्म ठूलो भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

- Advertisement -
Ad imageAd image

यही भदौ १ गते रामेछाप केन्द्रबिन्दु भएर ४ म्याग्नीच्युडको भूकम्प गएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्