प्रतिनिधिसभा बैठक आज पनि बस्दै: के छ कार्यसूची ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०८२, बिहीबार
1 Min Read
Aa
k|ltlglw;efdf ;f+;b sfsL{ sf7df8f}F, !% j}zfv M ;‹Lo ;+;b ejg gofF afg]Zj/df z'qmaf/ a;]sf] k|ltlglw;ef a}7s . tl:a/ M gjLg kf}8]n÷/f;;

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेस गर्ने कार्यसूची रहेको छ ।

- Advertisement -
Ad imageAd image

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक– २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक– २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्