९.७० अंकले घट्यो नेप्से: कारोबार रकममा पनि गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार घटेको छ । नेप्सेमा बुधबार भएको सेयर कारोबारसँगै नेप्से ९.७० अंकले घटेको हो ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि खुम्चिएर पाँच अर्ब २० करोड सात लाख ५३ हजार रुपैयाँमा सीमित भएको हो ।

- Advertisement -
Ad imageAd image

बुधबार सेयर कारोबारमा ६० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आजको कारोबारमा २ वटा कम्पनीको सेयर मूल्य भने घटबढ भएन ।

बुधबार नेप्सेमा भएको सेयर कारोबारमा विकास हाइड्रोपावर कम्पनीको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने पञ्जकन्या माई हाइड्रोको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए । आजको सेयर कारोबारमा होटेल र म्युचुअल फन्ड बाहेक सबै उपसमूहको सूचकांक घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्