प्रतिनिधिसभा बैठक: प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

- Advertisement -
Ad imageAd image

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

साथै, उनले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्