६.५१ अंकले बढ्यो नेप्से, कारोबार रकममा भने निरन्तर गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा ६.५१ अंकले नेप्से बढेको छ । नेप्से बढेपनि सोमबारको तुलनामा भने कारोबार रकम घटेर ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँमा कारोबार रकम खुम्चिएको हो ।

मंगलबारको सेयर कारोबारमा १४२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १०७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । आजको कारोबारमा सान्भी इनर्जी लिमिटेडको सेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने नारायणी विकास बैंकको सेयर कारोबारीले सबैभन्दा धेरै गुमाए । आज कारोबार रकम खुम्चिएपनि नेप्सेको सबै समूह हरियाली भएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्