रवि लामिछानेको स्वास्थ्यमा समस्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या आएको छ। नख्खु कारागारमा रहेको उनको स्वास्थ्यमा समस्या देखिएपछि आज रगतको नमूना परीक्षणका लागि वीर अस्पताल पठाइएको छ।

लामिछानेको शरीरमा केही परिवर्तन देखिएकाले ट्रमा सेन्टरबाट चिकित्सकको टोली कारागारमै गएर परीक्षण गरी रगतको नमुना परीक्षणका लागि पठाएका हुन्। परीक्षणको रिपोर्ट नआएको र रिपोर्ट आएपछि मात्र के भएको थाहा हुने बताइएको छ।

- Advertisement -
Ad image

सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका उनलाई शनिबार ललितपुरस्थित नख्खु कारागारमा सारिएको थियो। रूपन्देही कारागार कार्यालयमा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार सारिएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्