रवि लामिछानेलाई ३:१० को फ्लाइटमा काठमाडौं ल्याउने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३२ श्रावण २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं ल्याउने तयारी भएको छ ।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।

- Advertisement -
Ad imageAd image

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको बताएपछि सरकार उनलाई काठमाडौं सार्न तयार भएको हो ।

आज दिउसो ३.१० को बुद्ध एअरको फ्लाइटमा लामिछानेलाई काठमाडौं लैजान लागिएको कारागार विभाग श्रोतले पनि पुष्टि गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्