रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सरुवा गर्ने निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागार ल्याइने भएको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने हाल रूपन्देही कारागारमा थुनामा छन् । रविलाई नख्खु कारागार ल्याउन कारागार व्यवस्थापन विभागले निर्णय गरिसकेको गृह मन्त्रालय स्रोत जानकारी जनाएको छ ।

अँध्यारो कोठामा मानव अधिकारका न्यूनतम मापदण्ड पनि पालना नगरेर राखिएको दाबीसहितका समाचार बाहिरिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले साउन २६ मा रूपन्देही कारागारको अनुगमन गरेको थियो ।

- Advertisement -
Ad image

आयोगको टोलीले रूपन्देही कारागारको अवस्था दयनीय रहेको निष्कर्ष निकालेको थियो । अदालतबाट आदेश हुँदासमेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको आयोगले‍ अनुगमनका क्रममा बताएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्