सेयर बजारको गिरावट कायमै: कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १.९४ अंक (०.०६ प्रतिशत)ले घटेर २८३२.०६ बिन्दुमा पुगेको छ ।

बुधबार ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज कारोबारमा आएकामध्ये ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ को घटेको छ । आज हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्टक्चर, शिवम् सिमेन्ट र नाग्दी ग्रुप, बलेफी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्