हिन्दु राष्ट्रका लागी पर्सा जिल्ला सम्मेलन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ श्रावण २०८२, मंगलवार
1 Min Read
Aa

वीरगंज – संघीयता, गणतन्त्र र हिन्दु राष्ट्रको नाराका साथ राष्ट्रिय एकता अभियान, पर्साले आफ्नो प्रथम जिल्ला सम्मेलन वीरगंजमा भव्य रूपमा सम्पन्न गरेको छ।

सम्मेलनको अध्यक्षता अभियानका पर्सा जिल्ला संयोजक विकाऊ प्रसाद भंडारी (थारू)ले गरेका थिए। कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा अभियानका केन्द्रीय उपाध्यक्ष तथा संविधानसभा सदस्य माननीय भूपेन्द्र चौधरीको उपस्थिति थियो।

- Advertisement -
Ad imageAd image

कार्यक्रममा संरक्षक सेवक सौरभनाथजी महाराज, केन्द्रीय सदस्य तथा दलित विभाग प्रमुख जीतेन्द्र दास, र केन्द्रीय सदस्य मनीष पुर्वेलगायत नेताहरुले राष्ट्रिय एकता, सामाजिक समरसता, तथा हिन्दुराष्ट्र स्थापनाका सम्बन्धमा मन्तव्य राखेका थिए।

वक्ताहरूले संघीय हिन्दुराष्ट्र नेपालको आवश्यकता र राष्ट्रिय अस्मिता जोगाउन अभियानले खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा अझ सशक्त संगठन निर्माणमा जोड दिए।

कार्यक्रममा विभिन्न तहका नेता, कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सम्मेलनले पर्सा जिल्लामा अभियानको सांगठनिक संरचना सुदृढ गर्दै आगामी संघर्षको बाटो तय गर्ने विश्वास व्यक्त गरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्