कक्षा १२ को नतिजा सार्वजनिक: ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० श्रावण २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सोमबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो।

सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

- Advertisement -
Ad imageAd image

गत ११ वैशाखका लागि तय भएको परीक्षा शिक्षकहरूकाे आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो। परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए।

त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्