जसपा नेपालका अध्यक्ष यादवको प्रश्न: प्राकृतिक स्रोत साधनले सम्पन्न नेपाल दरिद्र र मानव तस्करी गर्ने देश कसरी भयो ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल दरिद्र र मानव तस्करी गर्ने देश कसरी भयो भन्ने बहस जरुरी रहेको बताएका छन्। संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई प्रकृतिले सबै थोक दिए पनि सम्पन्न बनाउन नसकिएको बताए।

प्राकृतिक स्रोत साधनले भरिएको देश दरिद्र कसरी भयो? भन्ने उनको प्रश्न थियो। माटो नै नभएका देशहरु र बालुवाका देशहरु सम्पन्न भएको अवस्थामा नेपाल दरिद्र हुनु दुःखको विषय भएको उनले बताए।

- Advertisement -
Ad imageAd image

उनले भने, ‘नेपाललाई प्रकृतिले सबैथोक दिएको छ। प्राकृतिक श्रोत र साधनले भरिएको देश नेपाल दरिद्र कसरी भयो? बालुवाका देश, जुन देशमा माटो छैन, नदी छैन, जंगल छैन, रुख छैन, ती देशहरु संसारका धनी र सम्पन्न देश भए। नेपाल किन दरिद्र, कंगाल र अझ मानव निर्यात र तस्करी गर्ने देश किन भयो? यो विषयमा चिन्तन गर्न जरुरी छ।’

अध्यक्ष यादवले अहिले संघीयता र समावेशी लोकतन्त्र नरहेको भन्दै केही आंशिक मात्रै सुरुवात भएको बताए। यस्तै, भूमि ऐनमा वन घुसाएर वन विनाश गर्ने र पर्यावरण नष्ट गर्ने काम भइरहेको उनले बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्