बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०८२, आईतवार
1 Min Read
Aa

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन्। उनले आज पदबाट राजीनामा दिएका हुन्।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि उनले राजीनामा दिएका हुन्। मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए।

- Advertisement -
Ad imageAd image

उनले ९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका थिए। उनले सत्ताबाट बाहिरिँदै गर्दा दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको प्रतिक्रिया दिएका थिए। बिहीबार कांग्रेसका सभापति देउवाले उनलाई मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएका थिए।

सभापति देउवाले बिहीबार काठमाडौं बोलाएर लामासँग भेट गरेका थिए। भेटमा देउवाले पार्टीभित्रको विवादलाई चाँडै समाधान गर्दै लोकतान्त्रिक विधिबाट आएको निर्णयलाई स्वीकार गर्न सुझाव दिएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्