अब शेयर खाता खोल्न पनि राष्ट्रिय परिचय पत्र अनिवार्य !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – शेयर कारोबारको खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सूचना निकालेर नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको हो ।

आफ्नै कारोबार प्रणाली (टीएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई पनि यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिइएको छ । ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नुपर्ने हुन्छ ।

- Advertisement -
Ad imageAd image

अहिलेसम्म नागरिकता तथा नागरिकता नम्बरका आधारमा केवाईसी फारम भरिने गरिएकोमा राष्ट्रिय परिचयपत्र चाहिने भएको हो ।

यसअघि नै कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेकालाई पनि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउनेगरी काम गर्न नेप्सेले आग्रह गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्