पहिलो संस्करणको एनपीएलबाट क्यानलाई २ करोड ४६ लाख नाफा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आय व्यय विवरण सार्वजनिक गरेको छ।

बिहीबार क्यानको बोर्ड बैठकमा एनपीएल परिचालन परिषद्ले पेस गरेको आय व्यय विवरणअनुसार क्यानले २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको छ।

- Advertisement -
Ad imageAd image

क्यानले एनपीएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको जनाएको छ। जसमध्ये प्रतियोगिता सम्पन्न गर्न २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको छ।

त्यसबाट बचेको ७ करोड ५३ लाख रुपैयाँको ५० प्रतिशत अर्थात ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ ८ फेन्चाइच टोलीलाई बाँडेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । त्यसपछि बाँकी ३ करोड १६ लाख रुपैयाँमध्येबाट प्रदेश क्रिकेट संघलाई ७० लाख रुपैयाँ प्रदेशलाई बाँडेपछि क्यानले २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ आम्दानी गरेको बताएको छ।

उक्त आय व्यय प्रतिवेदनलाई अध्ययन र छलफल गरेर क्यानको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने निर्णय भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्