मन्त्री फेर्ने विषयमा छलफल नै नभएर सकियो ओली-देउवा बैठक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवासहित दुई दलका शीर्ष नेताको बैठक सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक एक घण्टा छलफल गरेर सकिएको हो।

- Advertisement -
Ad imageAd image

बैठकमा समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।

संक्रमणकालीन न्याय, कानुन सुधार, संशोधन, भूमि विधेयकसहितका विषयमा उहाँहरूबीच छलफल भएको हो। छलफलमा महान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी हुनुहुन्थ्यो,’ उनले भने।

बैठकमा मन्त्री हेरफेरका विषयमा छलफल हुने भनिए पनि विषयमै प्रवेश नगरिएको बताइएको छ। आजको बैठक मन्त्री हेरफेरका विषयमा केन्द्रित थिएन,’ बजगाईंले भने।

कांग्रेस सभापति देउवा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी बालुवाटार पुगेका थिए।

बैठकमा एमालेबाट प्रधानमन्त्री ओली, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी थिए।

सरकार गठनको एक वर्ष पूरा भइसकेपछि यसबारे समीक्षा गर्दै मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री लागे पनि कांग्रेस भने आफ्नो पार्टीका मन्त्री हेरफेर गर्न अनिच्छुक देखिएको छ। मन्त्री हेरफेरका विषयमा नेताहरूबीच पुनसंवाद हुने बताइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्