साताको अन्तिम कारोबार दिन ३१.५० अंकले घट्यो नेप्से: कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबारको अन्तिम दिन बिहीबार ३१.५० अंकले घटेको छ । आज नेप्सेमा १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार बराबरको कारोबार हुँदा नेप्सेको पुँजीकरण समेत १.०६ प्रतिशतले घटेको हो ।

नेप्सेमा आज भएको शेयर कारोबारमा १९८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो भने ५२ वटा कम्पनीको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

- Advertisement -
Ad imageAd image

आजको शेयर कारोबारमा ट्रेड टावर लिमिटेडको शेयर कारोबार गर्ने कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । बिहीबार नेप्सेमा वित्त बाहेक सबै उपसमूहको सूचकमा गिरावट आएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्