तीन हजार विन्दुमाथि उक्लियो नेप्से: १८ अर्ब बढीको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३००२.०७ विन्दुमा पुगेको छ । आज १८ अर्ब ५२ करोड ९३ लाख २२ हजारको शेयर कारोबार हुँदा ३०.७६ अंकले नेप्से बढेको हो । आज परिसूचक बढेसँग १.०३ प्रतिशतले नेप्सेको पुँजीकरणमा वृद्धि भएको छ ।

मंगलबारको कारोबारमा १७६ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो भने ७४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै, आजको कारोबारमा मुक्तिनाथ कृषि कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने समता घरेलु लघुवित्तको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

- Advertisement -
Ad image

मंगलबार नेप्सेमा विकास बैंक, वित्त र व्यापार बाहेक सबै समूहको उपसूचक सकारात्मक रह्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्