लगातार दोस्रो दिन पनि नेप्सेको करेक्सन कायमै: कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ श्रावण २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले करेक्सनलाई निरन्तरता दिएको छ । आईतबार १८.४४ अंकले घटेको नेप्से सोमबार २.०७ अंकले घटेको हो ।

सोमबार नेप्सेमा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २९६२.१३ अंकमा झरेको छ । सोमबार नेप्सेमा कारोबार भएकामध्ये १५६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ९४ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।

- Advertisement -
Ad image

आजको कारोबारमा समता घरेलु लघुवित्तको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै घाटा खाए ।

आजको कारोबारमा विकास बैंक, वित्त, उत्पादन र व्यापार बाहेक अन्य समूहको उपसूचकमा गिरावट आएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्