हेवाखोलाले डाईभर्सन बगायो: मेची राजमार्ग अवरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ श्रावण २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – पाँचथरको हेवाखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको छ । मेची राजमार्ग फिदिम ताप्लेजुङ अन्तरगत पाँचथरको हेवाखोलामा रहेको डाईभर्सन बगाएपछि सडक अबरुद्ध भएको छ ।

मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सिमाना छुट्याएर बग्ने हेवाखोलामा पहिलोपटक २०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएको थियो । त्यसपछि जडान गरिएको बेलिब्रिज २०८१ असोज १२ को बाढीले बगाएपछि तेस्रोपटक जडान गरिएको मोडुलर ब्रिज २०८२ जेठ ३१ गते भाँचिएपछि डाईभर्सन बनाएर सडक संचालन गरिएको थियो ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्